Logo

अन्तर्राष्ट्रिय

हमासलाई बन्धकहरू रिहा गर्न सोमबार दिउँसो १२:०० बजेसम्मको समयसीमा



तेल अभिभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । रिहाइको निश्चित समय स्पष्ट नभए पनि इजरायल, हमास र अमेरिका तीनै पक्षबाट बयानहरू आएका छन् ।

बन्धकहरूलाई रिहा गर्नका लागि हमासलाई स्थानीय समयअनुसार सोमबार दिउँसो १२:०० बजे सम्मको समयसीमा दिइएको छ ।

इजरायली सरकारकी प्रवक्ता शाश बेड्रोसियनले इजरायलले सबै २० जीवित बन्धकहरूलाई सोमबार बिहान रेड क्रसलाई एकसाथ हस्तान्तरण गरिने र त्यसपछि उनीहरूलाई इजरायल ल्याइने अपेक्षा गरेको बताइन् ।

प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन् ।

गाजाको हमास-नियन्त्रित सिभिल डिफेन्सले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरी रिहाइअघि उनीहरूलाई अलग-अलग स्थानमा पठाइएको बताएको छ ।

बीबीसीका स्रोतहरूका अनुसार हमासले अझै पनि मरवान बरघूती र अहमद सादातसहित सात उच्च-प्रोफाइल कैदीहरूको रिहाइको माग गरिरहेको छ । यदि यी सातमध्ये दुई जनालाई मात्र पनि रिहा गरिएमा आजै सबै बाँकी बन्धकहरूलाई छोडिने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ०९:०८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।