Logo

प्रमुख समाचार

इजरायली सेनाले भन्यो– विपिन जोशी जीवित छैनन्



काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।

इजरायली सेनाका एक अधिकारीले सोमबार बिहान नेपाली राजदूत धनप्रसाद पण्डितसहित परिवारका सदस्यहरूलाई भिडियो कन्फरेन्समार्फत विपिन ‘जीवित नरहेको’ औपचारिक जानकारी दिएका हुन् ।

अमेरिकाको पहलमा इजरायल-हमास युद्धविरामसँगै आज बन्दीहरूको रिहाइ हुने क्रममा पनि विपिनको नाम सूचीमा नदेखिएपछि उनको मृत्यु पुष्टि गरिएको हो ।

विपिन सन् २०२३ नोभेम्बरमा गाजाको अल शिफा अस्पतालमा देखिएपछि सम्पर्कविहीन थिए । सरकारको कूटनीतिक प्रयास जारी रहे पनि उनको अवस्थाबारे प्रगति देखिएको थिएन ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार ११:४८   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।