काठमाडौं । हमासले सन् २०२३ अक्टोबर ७ मा अपहरण गरेका २० जना इजरायली बन्धकलाई सोमबार रेडक्रसको सहयोगमा रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार इजरायलले जवाफस्वरूप २५० प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ ।
रिहाइ भएका बन्धकहरूमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन पनि छन्। उनीहरूको इजरायली सेनासँग खुसीयाली दृश्य सार्वजनिक गरिएको छ ।
विपिन जोशीको अवस्थाबारे यकिन विवरण आउन बाँकी छ । उनी पनि अक्टोबर ७ कै हमास आक्रमणमा अपहरणमा परेका थिए ।
यसबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन् । उनले संसदलाई सम्बोधन गर्ने र बन्धक परिवार भेट्ने कार्यक्रम छ । युद्धविराममा अमेरिका, इजिप्ट, कतार र टर्कीले मध्यस्थता गरेका थिए ।




















प्रतिक्रिया