Logo

अर्थ

उन्नतीका उत्पादन अब सीजी डिजिटल शोरुमहरूमा उपलब्ध



काठमाडौं । नेपालको सांस्कृतिक पहिचान र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढिरहेको उन्नतीले अब आफ्ना उत्पादनहरू काठमाडौं उपत्यकाका विभिन्न सीजी डिजिटल शोरुमहरूमा समेत उपलब्ध हुने भएकाे छ ।

राष्ट्रिय, प्राकृतिक, कलात्मक र परम्परागत उद्योगहरूको स्तरवृद्धि गर्ने अवधारणामा आधारित उन्नतीले कला, हस्तकला, संगीत, भाषा र जीवनशैलीका विविध अभिव्यक्तिमार्फत नेपालको मौलिक सांस्कृतिक पहिचान पुनर्जीवित गर्दै आएको छ। उन्नतीले पुरानो र नयाँ कला र संस्कृतिबीचको पुलका रूपमा नेपालको सम्पदालाई आधुनिक जीवनशैलीसँग जोड्ने प्रयास गरिरहेको छ ।

स्थायित्व र सशक्तीकरणमा केन्द्रित उन्नतीले स्थानीय समुदायलाई सशक्त बनाउन तल्लो तहबाटै उद्यमशीलता प्रवर्द्धन गर्दै आएको छ। यसले नेपालको कलात्मक उद्योगका मूर्त तथा अमूर्त दुवै पक्षलाई उपयोग गर्दै रोजगारी, अवसर र सांस्कृतिक संरक्षणको वातावरण सृजना गर्दै आएको छ।

सीजी डिजिटलमा आयोजित उद्घाटन समारोहमा उपस्थित ग्राहक र शुभेच्छुकहरूले उन्नतीका आकर्षक उत्पादनप्रति उत्साह प्रकट गरेका थिए । प्रत्येक उत्पादनले नेपालको कला, संस्कृति र सीपको सुन्दर झल्को दिएको सहभागीहरूले बताए ।

“हाम्रो उद्देश्य कला, हस्तकला, संगीत, खानेकुरादेखि नेपाली परम्परामा आधारित परम्परालाई तथा वस्तुहरुलाई दैनिक जीवनमा भित्र्याउने हो । हामीले बनाएका प्रत्येक वस्तुले नेपालको जीवित सम्पदाको कथा बोकेको हुन्छ । यी उत्पादनहरू उपहार वा स्मारिका रूपमा प्रयोग गर्न सकिन्छ,” उन्नतीकी अपरेसन प्रमुख अस्मिता शाक्यले भनिन् ।

उन्नतीका उत्पादनहरूले समुदाय सशक्तीकरण र दिगोपनामा जोड दिएका छन् । यसले नेपाली कारीगरका सीपलाई प्रदर्शन गर्ने प्लेटफर्म प्रदान गर्नुका साथै आधुनिक जीवनशैलीमा उपयुक्त र अर्थपूर्ण वस्तुहरू उपलब्ध गराएको छ ।

अब ग्राहकहरूले विशालनगर, बसुन्धरा, गठ्ठाघर र जोरपाटीस्थित सीजी डिजिटल शोरुमहरूमा उन्नतिका सिरेमिक टेबलवेयर, गृह सजावटका सामग्री, स्पा तथा वेलनेसका वस्तु, स्मारिका र फेसन एक्सेसरी, स्टेशनरी तथा जीवनशैलीका विविध उत्पादनहरू सहजै खरिद गर्न सक्ने उन्नतीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १७:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।