Logo

प्रमुख समाचार

हमासले विपिन जोशीको शव आजै इजरायललाई बुझाउने



हमासले नेपालका विपिन जोशीको मृत्‍यु पुष्टि गरेको छ र चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको छ।

हमासको सैन्य शाखाले चार बन्धकहरूको नाम सार्वजनिक गरेको छ जसमा इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्स छन्।

हमासले आजै जिवित २० जनालाई मुक्त गरेको थियो र मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ।

हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।

हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।

इजरायली सेनाका अनुसार, हमासद्वारा फिर्ता गरिँदै गरेका बन्धकहरूको शव संकलन गर्न रेड क्रस गाजातर्फ जाँदैछ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार २१:१६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।