Logo

अन्तर्राष्ट्रिय

मृतकको शव लिन गाजा पुग्यो रेडक्रसको टोली



गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले हस्तान्तरण गर्न लागेको चार बन्धकका शव बुझ्न पुगेको छ। इजरायली सेनाका अनुसार तोकिएको स्थानमा रेडक्रस टोलीलाई हमासले शवहरू कफिनमा राखेर बुझाउने तयारी गरेको छ।

हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार जनाको शव फिर्ता गर्ने घोषणा पहिले नै गरेको थियो। हाल पनि २६ बन्धकका शवहरू हमासको नियन्त्रणमै रहेको बताइएको छ।

इजरायली सेना र गुप्तचर निकायले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा थप बन्धकका शव खोजी र पुनः प्राप्तिको प्रयास जारी रहेको उल्लेख गरिएको छ। शव फिर्ता भएपछि डीएनए परीक्षण गरी औपचारिक रूपमा परिवारका सदस्यहरूलाई बुझाइने पनि जनाइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार २१:४७   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।