Logo

प्रमुख समाचार

प्रहरीले संकलन गर्‍यो जेनजी आन्दोलनका आपराधिक ३६ हजार भिडियो



काठमाडौं । जेनजी प्रदर्शनका क्रममा विभिन्न आपराधिक गतिविधि गर्नेहरूविरुद्ध प्रहरीले प्रमाण संकलनको अभियान तीव्र पारेको छ ।

गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति जलाउनेदेखि विभिन्न व्यक्तिका घर जलाउने तथा व्यावसायिक भवनमा समेत आगजनी गरेका थिए ।

कतिपय ठाउँमा लुटपाटसमेत भएको थियो । लुटपाट तथा आगजनी गर्नेलाई प्रहरीले पक्राउको अभियानसमेत चलाएको थियो । तर, गृह मन्त्रालयले प्रदर्शनकारीलाई पक्राउ नगर्न सूचना जारी गरेपछि प्रहरीले पक्राउको अभियान रोकेको थियो ।

तर, प्रहरीले अवाञ्छित गतिविधि गर्नेविरुद्धको प्रमाण संकलनलाई तीव्रता दिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, प्रहरीले देशभरबाट ३६ हजारभन्दा बढी भिडियो संकलन गरेर अवैध गतिविधि गर्नेविरुद्ध आन्तरिक अनुसन्धान थालेको छ ।

“प्रदर्शनका नाममा व्यक्तिको घर तथा व्यावसायिक घर जलाउने तथा आगजनी गर्नेहरूलाई प्रदर्शन भनेर रोक्न सकिँदैन । उनीहरूलाई ढिलो चाँडो कानुनको दायरामा ल्याउनुपर्छ, आउँछन्,” एक प्रहरी अधिकारीले भने ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार २२:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।