Logo

प्रमुख समाचार

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने क्रम तीव्र बनेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म ६ वटा रिट दर्ता भइसकेका छन् भने अन्य पनि पेश हुँदै छन् ।

कतिपय रिटमा सरकार गठन प्रक्रिया प्रश्न उठाइएको छ भने केहीमा संसद विघटन असंवैधानिक भएको दाबी गरिएको छ।

गत भदौमा जेन–जी आन्दोलनका क्रममा सर्वोच्च भवनमा आगजनी भएपछि प्रभावित रहेको न्यायिक कामकारवाही आइतबारदेखि पुनः खुलेको हो।

भदौ २३ र २४ गतेको आन्दोलनपछि ओली सरकार ढलेर संसद विघटन भएको थियो।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार १२:०८   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।