काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै २४६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनीहरुले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ ।
विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान चलाएका थिए ।
१४औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले २४६४ जनाको नामावली अहिले ‘इन्ट्री’ भएकाे दाबी गरे।
उनका अनुसार ७७ वटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।



















प्रतिक्रिया