Logo

समाचार

विपिनको सम्झनामा जेनजी युवाहरूले माइतीघरमा दीप प्रज्वलन गर्ने



काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् । जेनजी अगुवा रक्षा बमले जोशीको सम्झनामा बुधबार अपरान्ह ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न लागेको जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै बमले जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि रिहा गरेर फिर्ता ल्याउन तत्कालीन राज्यसत्ताले उचित कूटनीतिक पहल नचालेको पाइएको आरोप समेत लगाएकी छन् ।

 

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार १४:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।