Logo

पत्रपत्रिका

टिओबी समूहका दावाको नागरिकता र जन्मदर्ता नै शंकास्पद



नागरिकता प्रमाणपत्रमा नेपाल सरकारको छापा लगाइएको देखिएको छ भने जन्मदर्ता प्रमाणपत्रमा ‘श्री ५ को सरकार’ को छापा लगाइएको देखिएको छ
पक्राउ परेका टिब्बटेन ओरिजिनल ब्लड (टिओबी) समूहका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ताको प्रमाणपत्रसमेत शंकास्पद देखिएको प्रहरीले जनाएको छ । नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २१ माघ ०५३ उल्लेख छ ।

काठमाडौं महानगरपालिका– ६ जन्मस्थान उल्लेखित प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको थियो । उनको जन्मदर्ता प्रमाणपत्र भने १० चैत ०६३ मा गरिएको थियो ।

नागरिकता प्रमाणपत्रमा नेपाल सरकारको छापा लगाइएको देखिएको छ भने जन्मदर्ता प्रमाणपत्रमा ‘श्री ५ को सरकार’ को छापा लगाइएको देखिएको छ । काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उनको नागरिकता र जन्मदर्ता प्रमाणपत्र सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘दावाको नागरिकतालगायत कागजात नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा अहिले आवश्यक अनुसन्धान भइरहेको छ । कागजात भेरिफाई हुने काम भइरहेका छन् । बाँकी तथ्य त्यसपछि खुल्दै जलान् ।’  स्रोत: नयाँ पत्रिकाबाट ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ०९:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।