Logo

प्रमुख समाचार

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘७० वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बजेटबाट स्वीकृत हो कि अहिले निर्णय भएको के कसो हो ?’

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क)को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने तर सरुवा रोगको महामारी वा कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ ।

महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगालले आइतबार (माघ १८)सो कार्यक्रमको सुरुआत गरेकी थिइन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १४:५०   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।