Logo

प्रमुख समाचार

रास्वपा सभापति रवि र छविको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश



बिगोबमोजिम रकम बुझाएर थुना बाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेको मागमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ ।

उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालले बिहीबार सो आदेश जारी गरेका हुन् । एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगोअनुसार रकम बुझाएर कारागारबाहिरै बसेर मुद्दाको पुर्पक्षका लागि माग गरेका थिए, तर जिल्ला अदालतले अस्वीकार गरेको थियो ।

त्यसपछि जोशीले उक्त आदेशविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । यसअघि लामिछानेको माग पनि जिल्ला अदालतले अस्वीकार गरेपछि उनी उच्च गएका थिए । उच्चले यसअघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार २१:०२   :  बजे

468
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।