Logo

पत्रपत्रिका

घडीबारे सञ्चारमन्त्री खरेलकाे स्पष्टीकरण: ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले लगाएको घडी करोडौं पर्ने ‘रोलेक्स’ नभएको स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जालमा उनले १ करोड ४४ लाख पर्ने ‘रोलेक्स डेटोना’ घडी लगाएको भन्दै तस्बिर भाइरल भएपछि मन्त्री खरेलले यसबारे स्पष्टीकरण दिएका हुन्।

मन्त्री खरेलले उक्त घडी ‘रोलेक्स’ नभई ‘रोस्टर’ ब्रान्डको भएको र त्यो आफ्नो दाइको पुरानो घडी भएको बताए।

‘यो घडी रोलेक्स होइन, रोस्टर भन्ने हो, यो घडी मेरो दाइको हो, उहाँ जापानको युनिभर्सिटी अफ टोकियोमा पढाउनुहुन्छ। उहाँले यो घडी किनेको पनि धेरै वर्ष भइसक्यो,’ मन्त्री खरेलले भने।

चार वर्षअघि दाइ नेपाल आएका बेला घडी यहीँ छुटेको र त्यसयता आफूले कहिलेकाहीँ प्रयोग गर्दै आएको उनले सुनाए। मन्त्री खरेलले उक्त घडी १५ वर्षजति पुरानो मोडल भएको र अहिले बजारमा समेत उपलब्ध नहुनसक्ने बताए।

यसको मूल्यबारे आफूले पनि गुगलमा खोज्दा नभेटिएको तर साथीभाइहरूसँग सोधपुछ गर्दा ३० देखि ६० हजार रुपैयाँसम्म पर्नसक्ने अनुमान रहेको उनले जानकारी दिए। सोतः नागरिक दैनिकबाट ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार ०७:५३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।