Logo

प्रमुख समाचार

पाकेट मारेको आरोपमा २ जना पक्राउ



काठमाडौँ । सार्वजनिक बसमा पाकेट मारेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–९ स्थित सिनामंगल चोकबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भएर बसपार्क बस्दै आएका २२ वर्षीय सबिन मिजार र मकवानपुर घर भएर सितापाइला बस्ने २२ वर्षीय दिपक गोले छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले आरोपीहरूको साथबाट ४ थान मोबाइल बरामद गरेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार २०:५८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।