Logo

प्रमुख समाचार

जुवा खेलिरहेका २७ जना पक्राउ



जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो रकमसहितको २७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको अवस्थामा ९ लाख २३ हजार ९६० रुपैयाँ नगद र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकामाथि कानूनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार २२:१३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।