जेनजी आन्दोलनको क्रममा तीन प्रहरी मारिएका थिए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो ।
हत्या आरोपमा पक्राउ परेका चार जनाको अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । सो क्रममा चारै जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीका टिकाराम विक पक्राउ परेका थिए ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुबै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेकाहरूको मुद्दा भने अदालत पुगिसकेको छैन ।
प्रहरी हत्या आरोपमा पक्राउ परेकामध्ये कोही यद्धकालमा माओवादी भन्दै प्रहरीबाट आँखा फुटाइएका व्यक्तिदेखि नयाँ बसपार्क काउन्टरमा काम गर्नेसम्मका मान्छेहरू रहेका छन् ।
७ कार्तिक २०८२, शुक्रबार १९:१२


















प्रतिक्रिया