Logo

तिहारमा विद्युत आपूर्तिमा कुनै समस्या नहुने विद्युत प्राधिकरणको दावी



नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्तिमा कुनै समस्या नहुने दावी गरेको छ । पछिल्ला पाँच वर्षमा तिहारको समयमा विद्युत आपूर्ति सहज भएजसरी नै यस वर्ष पनि विद्युत आपूर्ति पर्याप्त हुने स्पष्ट पारेको हो ।

लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ । तिहारका बेला विद्युत् आपूर्तिमा कमि नआउने र ग्राहकले अविछिन्न रुपमा विद्युतको प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।

विगतका वर्षहरुको उद्योगधन्दा र कलकारखानासमेत सञ्चालन हुने गरेकाले विद्युत्को माग अत्याधिक हुने गरेको थियो । तर यस वर्ष कोरोना महामारीका कारण होटल तथा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युत्को चाप नरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार अहिले दैनिक औषत माग प्रतिघण्टा एक हजार २५० मेगावाट छ । तर कोरोनाका कारण बन्द रहेका स्थानमा लक्ष्मी पूजालगायत तिहारका दिनमा थप विद्युत् खपत हुने छैन ।

पछिल्ला दिनमा राष्ट्रिय प्रशारण लाइनमा निजी क्षेत्रका आयोजनाबाट ४८० मेगावाट, प्राधिकरणका आफ्नै आयोजनाबाट ५२० मेगावाट र करिब ८० मेगावाट विद्युत् भारतबाट आयात हुने गरेको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ३ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।