Logo

अन्तर्राष्ट्रिय

इन्धन बोकेको कार्गो विमान दुर्घटना



केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त भएको छ । इन्धन बोकेको विमान दुर्घटना हुँदा आगो बलिरहेको देखिन्छ ।

केन्टकीका गभर्नर एन्डी बेशियरले लुइसभिल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यो दुर्घटनालाई ठुलो विपत्तिको संज्ञा दिएको बिबिसीले उल्लेख गरेको छ ।

दुर्घटनापछि आगो बलिरहेको र अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

उक्त कार्गो विमानले एक लाख ४४ हजार लिटर इन्धन बोकेको बताइएको छ । अति प्रज्वलनशील पदार्थ बोकेको विमान भएकाले आगो अझै पनि बलिरहेको छ ।,

अग्नि नियन्त्रक विभागले यसलाई निभाउन काम गरिरहेको समाचारमा उल्लेख छ । दुर्घटनाको आसपास क्षेत्रमा नजान चेतावनी दिइएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ०७:२५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।