Logo

अन्तर्राष्ट्रिय

रुसमा उत्तर कोरियाले पठायो पाँच हजार सैनिक



उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा पाँच हजार सेना पठाएको छ।

दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच निर्माण सेना रूस पठाइएको सार्वजनिक गरेको हो।

उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएर रुसी सेनासँग लड्न हजारौं सेना पठाएका छन्। यसको बदलामा मस्कोबाट महत्वपूर्ण सहयोग पाएको दक्षिण कोरियाली श्रोतले बताएको छ।

दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले भनेका छन्, “करिब पाँच हजार उत्तर कोरियाली सैनिक सेप्टेम्बरदेखि चरणबद्ध रूपमा रुस जाँदैछन् र उनीहरूलाई पूर्वाधार पुनर्निर्माणका लागि परिचालन गरिने अपेक्षा गरिएको छ।”

थप सेना तैनाथीको तयारीका लागि प्रशिक्षण र कर्मचारी चयनको निरन्तर सङ्केतहरू फेला परेकोसमेत समाचारमा उल्लेख छ।

दक्षिण कोरियाली गुप्तचर निकायले सांसदलाई भनेको छ, “हाल रूस–युक्रेन सीमा नजिक लगभग १० हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको अनुमान गरिएको छ।

युक्रेन युद्धमा कम्तीमा ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र हजारौं घाइते भएका दक्षिण कोरियाको दावी रहेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ०८:३७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।