Logo

अन्तर्राष्ट्रिय

फिलिपिन्समा आँधीका वाट मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी



मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। फिलिपिन्समा हालै आएकोे आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ।

सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो। सेबुका प्रवक्ता रोन रामोसले एएफपीलाई प्रान्तीय राजधानी सेबु शहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा बाढीले डुबेका ३५ जनाको शव भेटिएको जानकारी दिए । यो डरलाग्दो समाचारसँगै सेबुमा पछिल्लो प्राकृतिक विपत्का कारण मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ।

छिमेकी नेग्रोस टापुमा कम्तीमा १२ जनाको मृत्यु भएको र १२ जना बेपत्ता भएको प्रहरी लेफ्टिनेन्ट स्टिफन पोलिनारले बताए । मौसम विशेषज्ञ चार्मेन भेरिल्लाले एएफपीलाई भन्नुभयो, “सेबु शहर वरपरको क्षेत्रमा काल्मेगी अवतरण हुनुभन्दा पहिलेको २४ घण्टामा १८३ मिलिमिटर ९सात इन्च० वर्षा भएको थियो, जुन यसको मासिक औसत १३१ मिलिमिटर भन्दा बढी हो।

प्रान्तीय गभर्नर पामेला बारिकुआट्रोले मङ्गलबार स्थितिलाई ‘अकल्पनीय र विनाशकारी विपत्’ को अवस्था बताएका थिए । पछिल्लो समय फिलिपिन्समा मानवीय हस्तक्षेपका कारण भएका जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार २३:०८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।