नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको ७० औं बैठक सुरु भएको हो । बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक बोलाएका थिए । लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका छन् ।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।





















प्रतिक्रिया