Logo

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोली बंगलादेशसँग २-० गोलले पराजित



 कोरोना भाइरस महामारी यता पहिलो खेल खेलेको नेपल बंगलादेशसँग पराजित भएको छ । दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न बंगलादेश पुगेको नेपाली टोली बंगलादेशसँग २-० गोलले पराजित भएको हो ।

बंगलादेशको राजधानीमा आज (शुक्रबार) भएको खेलमा बंगलादेशले पहिलो हाफ अघि १ र दोस्रो हाफपछि एक गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

उसले खेलको १० औं मिनेटमै पहिलो गोल गरेको थियो भने अन्तिम तथा दोस्रो गोल खेलको ८० औं मिनेटमा गरेको थियो । बंगलादेशका लागि मोहम्मद नबिब नेवाज र महबुर रहमान गोल गरेका थिए ।

नेपालले बंगलादेश बिरुद्ध प्रदर्शन राम्रो गर्न सकेको थिएन । ५ बर्षयता बंगलादेशसँग हारेको थिएन । ५ बर्षअघि बंगलादेशले मैत्रीपूर्ण खेलमै नेपाललाइ हराएको थियो । त्यसयता भने नेपालसँग बगलादेश पराजित हुँदै आएको थिायो ।

कोरोना महामारी पछि नेपालको खेलकुद गतिविधि बन्द भएको थियो । छोटो समयको तयारीपछि नेपालले अन्तराष्ट्रिय मैतिपूर्ण खेलको तयारी गरेको थियो ।a

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार २३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।