Logo

प्रमुख समाचार

धनुषाकाे मिथिलाका वडाध्यक्षको गोली हानेर हत्या



काठमाडौं । धनुषाको मिथिला विहारी नगरपालिका (९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।
आज साँझ ६ बजे घरमै गोली हानि हत्या भएको हो । नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले घटनाको पुष्टि गर्दै वडाध्यक्ष यादवको घरमै बसिरहेको अवस्थामा गाउँकै युवाहरूको समूहले गोली हानेर हत्या गरेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘गाउँ केही समय अघि स्थानीय दुई समूहबीच विवाद भएको थियो । त्यतिबेला वडाध्यक्षले सम्झाएका थिए । सोही रिसिबीमा उनीमाथि गोली प्रहार भएको हो ।’
मेयर  यादवका अनुसार प्रहरीले स्थानीय शम्भु यादवलाई पक्राउ गरेकाे हाे । उनी बिदामा घर आएका थिए । हत्या गरिएका यादव स्वतन्त्रबाट चुनाव जितेका थिए
उनका अनुसार हत्या आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोली हान्ने व्यक्ति प्रहरीमा कार्यरत रहेको भनिएता पनि पुष्टि हुन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार २१:०७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।