Logo

प्रमुख समाचार

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, राजधानीमा उच्च सतर्कता अपनाउन प्रहरी परिचालन



काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार ०८:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।