Logo

अन्तर्राष्ट्रिय

अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु



अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ।

लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको हो ।

पाकिस्तानले आतङ्कवादविद्धको आक्रमण जारी राख्ने बताएको छ ।

गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा भएको लडाइका भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार २०:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।