Logo

प्रमुख समाचार

विराटनगरमा महेश बस्नेतमाथि आक्रमणको प्रयास गर्ने दुई युवा छुटे



विराटनगर । विराटनगर आइतबार बिहान नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र मसी भरेर प्रहार गर्ने दुई युवकलाई प्रहरीले अभिभावकको रोहबरमा छोडेको छ ।

विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा नेता बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि उनीहरुले रातो मसी प्रहार गरेका थिए । त्यसलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर थिए। उनीहरू दुवै जना नेपाली कांग्रेस निकट रहेको भएपनि जेनजी आन्दोलनयता सोही अभियानमा सक्रिय थिए ।

जेनजी अभियान्ता मोहम्मद जमशेद आलमले भर्खरै उनीहरूलाई प्रहरीले छोडेको बताए ।

काठमाडौँबाट विराटनगर आएका नेता बस्नेत र ढकाल इटहरीमा आयोजित युवा सङ्घको जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद कार्यक्रममा सहभागी हुन आउँदै थिए ।

उनीहरू विमानस्थलबाट बाहिरिँदै गर्दा गेटबाहिर रहेका युवाहरूले मसी भरिएको बेलुन प्रहार गरेका थिए । बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा लागेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार २०:१३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।