Logo

कर्पोरेट फोकस

अब घरमै स्टेडियम र थिएटरको अनुभव: सीजीद्धारा ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक



काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त ब्रान्डका तीन मोडेल—65” (65GTVU5), 55” (55GTVU5) र 43” (43GTVU5)—नेपाली बजारमा सार्वजनिक गरेको हाे ।

संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो ब्रान्डलाई निरन्तर अपग्रेड गर्दै आएको बताउँदै, अब टेलिभिजन क्षेत्रमा पनि अत्याधुनिक एआई प्रविधि भित्र्याएको कम्पनीले जनाएको छ ।

हाल नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल)लाई लक्षित गर्दै कम्पनीले स्टेडियममै बसेर हेरेको जस्तै अनुभव दिलाउने एआई फिचरसहितको टिभी बजारमा ल्याएको कम्पनीले जनाएकाे छ ।

कम्पनीका प्रतिनिधि अनुसार यो टिभी नेपालमा एआई टेक्नोलोजी भित्र्याउने पहिलो घरेलु ब्रान्ड हाे  । कम्पनीले पहिले फोर के र क्यु एलइडि सिरिजमार्फत क्वालिटीमा सुधार ल्याउँदै आएको भएपनि एआई टेक्नोलोजीले टिभीलाई ‘स्मार्टभन्दा पनि अत्यन्तै स्मार्ट’ बनाएको कम्पनीकाे भनाइ छ ।

एआई–युक्त टेलिभिजन ४३ इन्चदेखि ६५ इन्चसम्म उपलब्ध छ । मूल्यक्रम अनुसार ४३ इन्चको टिभीको बजार मूल्य ६०,००० रुपैयाँ, ५५ इन्चको १,२६,००० रुपैयाँ र ६५ इन्चको टिभीको १,३१,००० रुपैयाँ तोकिएको छ ।

मुख्य AI विशेषताहरू:
1. AI Skin Detection: मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
2. AI Motion Clarity: द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा Motion Blur र Ghosting घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
3. MEMC (More Frames, More Clear): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
4. AI Dialogue Clarity Enhancer: AI अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
5. Find My Remote Control: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ।
6. अन्य AI क्षमताहरू: AI 4K Upscaling ले कम रिजोल्युसन कन्टेन्टलाई 4K नजिक ल्याउँछ। AI Learning Capability ले प्रयोगकर्ताको हेर्ने बानी अनुसार Personalized अनुभव प्रदान गर्छ। स्वचालित Picture Audio Calibration ले Brightness, Contrast, Sharpness र Sound Level आफैं समायोजन गर्छ।

प्राविधिक विवरण (Technical Overview)

1. प्रोसेसर/स्मृति: Quad Core A55 CPU, Mali-G52 GPU, 2GB RAM, 16GB Storage
2. दृश्य गुणस्तर: 4K Ultra HD, HDR10/HLG, Dynamic Contrast, 105% BT.709 Wide Color Spectrum, MEMC
3. ध्वनि: Dolby Digital Plus, 20W/24W Stereo Speakers, Surround Sound
4. स्मार्ट सुविधाहरू: Google TV, Chromecast Built-In, Google Assistant, Kids Mode, Gaming Mode, Remote Locator System
5. कनेक्टिभिटी: Dual Band Wi-Fi, Bluetooth 5.1, HDMI ARC + 3 HDMI Ports, 2 USB Ports, Optical Out, Earphone Jack
6. डिजाइन: Frameless Premium Design, Smooth Motion Technology

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।