Logo

अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनलाई भारतीय प्रधानमन्त्री मोदीले दिए गीता उपहार



 

काठमाडौँ । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरेको र गीताको शिक्षाले विश्वभरका लाखौंलाई प्रेरणा दिने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको लागि बिहीबार साँझ दिल्ली आइपुगेका हुन् । उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

विमानस्थलमा औपचारिक स्वागत पछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्गमा यात्रा गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार ०९:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।