Logo

प्रमुख समाचार

प्रकाशमान सिंहको क्षेत्र काठमाडौं क्षेत्र-१ बाट आचार्यकाे नाम सिफारिस, काठमाडौं कांग्रेसमा हलचल



काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फबाट नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको छ । प्रत्यक्षमा आचार्यको नाम प्रकाशमान सिंहसँगै सिफारिस भएको हो ।

आज नेपाली कांग्रेस क्षेत्र नं.१ का सभापति रविन्द्र विक्रम राणाले समानुपातिक, राष्ट्रियसभामा विभिन्न व्यक्तिहरुको नाम सिफारिस गरेका हुन्।

नेपाली जनताका ढुकढुकी, समाजसेवी, नेपाली कांग्रेसका युवा नेता मित्र बाबुराम आचार्य ज्युलाई आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् । जेनजीलाई पनि मिलाएर लाने, जस्तोसुकै परिस्थितिमा पनि लड्न भिड्न सक्ने, द्वन्द्व कालमा पनि माओवादीले धेरै नै यातना दिएको, लोकतन्त्रका लागि प्रतिबद्ध उहाँजस्तो शिक्षित र विकासप्रेमी नेपाली कांग्रेसको युवा नेतालाई नेपाली कांग्रेसले प्रतिनिधि सभामा टिकट दिए विजयी हुने निश्चित भएको स्थानीय कांग्रेसजनले दाबी गरेको छन् ।

पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहले पार्टी र देशका लागि काम गर्न नसकेको भन्दै आलोचना भईरहेका बेला विभिन्न संस्थाबाट समाज सेवामा समेत सकृय युवा नेता आचार्यको प्रतिनिधिसभा प्रत्यक्षका लागि नाम सिफारिस हुनुले काठमाडौं कांग्रेसमा हलचल मच्चिएको नेपाली कांग्रेसका युवा नेता सागर भट्टराईले बताए । नेता आचार्यले पत्रकारीता र राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

अढाई दशकदेशी नेपाली कांग्रेसमा सकृय आचार्य राजनीतिमा लागेका कारण अविबाहित रहेका छन् भने उनी पार्टीभित्र गुट उपगुटन्दा पनि लोकतन्त्र, देश र जनताका लागि असल भएको नेपाली कांग्रेसलाई आगामी निर्बाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्ने भन्ने धारणा राख्ने गरेका छन् । अधिकांस नेपाली कांग्रेस नेताहरुले शिक्षा स्वास्थ्य निशुल्क गर्न नसकिने बताउँदा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने र मुलुक विकासको पहिलो काम नै शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्ने भएको उनको दाबी छ ।

समानुपातिक, प्रदेश संरचना, जातीय राजनीति खारेज गर्नुपर्ने उनको तर्क छ । नेपाली काँग्रेसले टिकट दिनैपर्ने नेता भएको तर्कहरु सामाजिक सञ्जालमार्फ विश्वभर बस्ने नेपालीहरबाट नेता आचार्यलाई दबाब आउन थालेको छ । जेनजी आन्दोलनपछि मनोवल घटेका शीर्ष नेताहरुलाईसमेत मिलाएर लाने क्षमता राख्ने नेता आचार्यले नेपाली कांग्रेसका संस्थापक समेत रहनुभएका सन्त नेता, पुर्व सभापति स्व.कृष्ण प्रसाद भट्टराईलेसमेत प्रतिष्पर्धा गरेको काठमाडौं क्षेत्र नम्बर १ प्रत्यक्षतर्फबाट टिक पाउन चुनौती भने नभएको होईन ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १०:३५   :  बजे

723
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।