Logo

प्रमुख समाचार

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकमा खुल्यो नयाँ भर्ना



काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि नयाँ भर्ना प्रक्रिया सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सूचनाअनुसार प्रहरी निरीक्षकमा २१ जना र सहायक निरीक्षकमा ४३८ जनाका लागि आवेदन आह्वान गरिएको हो।

सूचनामा उल्लिखित जानकारीअनुसार आवश्यक योग्यता पुगेका इच्छुक नागरिकले प्रहरी निरीक्षक पदका लागि माग ५ गतेसम्म र सहायक निरीक्षकका लागि माघ ८ गतेसम्म आवेदन दिन सक्नेछन्। प्रहरी संगठनमा नयाँ जनशक्ति भर्ना खुल्नासँगै तयारीरत युवामध्ये उत्साह देखिएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ०९:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।