काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले चौथोपटक क्याविनेट विस्तार गर्न लागेकी हुन् ।
उनले ४ जना मन्त्री थप्न लागेकी हुन् । कार्कीले कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको आईएमइ समूहद्वारा सञ्चालित आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका संचालक राजेन्द्र सिंह भण्डारीलाई मन्त्री बनाउन लागेकी छन्।
प्रधानमन्त्री कार्कीले आईएमइ समूहको आईजिआई पुटेन्सियल इन्स्योरेन्सका बोर्ड सदस्य भण्डारीसहित अन्य ३ जनालाई आज मन्त्री बनाउन लागेकी हुन् ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार आज दिउँसो ३ बजे भण्डारीसहितले मन्त्रीका रूपमा शपथ लिँदैछ्न् ।
उनीहरुलाई कार्की नेतृत्वको जेन–जी सरकारमा मन्त्री पदमा सहभागी गराउने तयारी पूरा भएको छ। मन्त्री परिषद् विस्तारका विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच आज बिहान भएको छलफलपछि शपथको समय निश्चित गरिएको हो ।
भण्डारी व्यापारी चन्द्र ढकाल निकट छन् । उनी ढकाल समूहको आइजीआई प्रुडेन्सियल बीमा कम्पनीसँग जोडिएका व्यक्ति हुन् । ढकालकै जोडबलमा भण्डारीलाई मन्त्री बनाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
आइजीआई प्रुडेन्सियलका संचालक रहँदै आएका उनी भागवन्डा मिलाइ सरकार बनाउने नितिअनुसार आईएमइ समूहबाट उनलाई श्रम मन्त्री बनाउन लागिएको स्रोत बताउँछ ।

जेनजी सरकार पुनः बिस्तारसँगै सत्तापक्षभित्र शक्ति सन्तुलन, भागबण्डा र व्यवस्थापनका विषयमा मन्त्रीहरु चुनिएको चर्चा चुलिएको छ ।
स्वार्थ बाझिने गरी कुनै एक व्यापारिक समूहको दवावमा व्यापारिक घरानाकै व्यक्तिलाई मन्त्री बनाउने प्रधानमन्त्रीको निर्णय गलत भएको भन्दै सपथ लिनु अगावै भण्डारीसँगै प्रधानमन्त्री कार्कीको समेत सामाजिक संजालमा व्यापक आलोचना सुरु भएको छ ।




















प्रतिक्रिया