Logo

अर्थ

गोल्याण ग्रुपमा नेतृत्व हस्तान्तरण, ३७ वर्षीय अक्षय गोल्याण नयाँ अध्यक्ष



काठमाडौं । व्यावसायिक घराना गोल्याण ग्रुपको नेतृत्व हस्तान्तरण गरिएको छ । यस ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्याण चयन भएका हुन् ।

६ दशक लामो विरासत बोकेको ग्रुपलाई नेतृत्व गर्न ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशक रहेका अक्षय आएका छन् । शुक्रबार पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष वासुदेव गोल्याणले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको औपचारिक घोषणा गरेका हुन् ।

ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अक्षय गोल्याण अब ग्रुपको अध्यक्ष र प्रबन्ध निर्देशकको भूमिकामा रहनुहुनेछ । कार्यकारी अधिकारसहित बोर्डको नेतृत्व एकै ठाउँमा केन्द्रित हुनुले गोल्याण ग्रुपको विकास, विस्तार र विश्वव्यापी उपस्थिति थप प्रभावशाली हुने विश्वास गरिएको छ ।’

नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले संस्थापक अध्यक्षबाट प्राप्त हुने मार्गदर्शनले ग्रुपको मूल मर्ममा अडिग रहँदै आधुनिक रणनीतिहरू निर्माण र कार्यान्वयन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । निरन्तर नवप्रवर्तन विस्तार र नेपालको आर्थिक समृद्धिका लागि गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए ।

अक्षयले विश्वका ‘उत्कृष्ट १० भित्र’ पर्ने स्पेनको इसेड यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् ।

ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रैका अनुसार सञ्चालक समितिले ग्रुपका संस्थापक अध्यक्ष पवन गोल्याणलाई ‘सम्मानित अध्यक्ष’ र प्रमुख संरक्षकको सम्मान दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १६:४७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।