Logo

प्रमुख समाचार

एमालेले १०८ जना प्रतिनिधि मनोनीत गर्ने



नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ।

आज बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार ५ प्रतिशत मनोनीत गर्ने निर्णय गरेको एक नेताले बताए। उनका अनुसार मनोनीत गर्नेहरूको नाम भने टुंगिइसकेको छैन।

‘केही नाम प्रस्ताव भएको थियो। यी नामहरूबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवैतर्फबाट सहमतिकै आधारमा नाम टुंगो लगाइने छ।’

विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ।

महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन्।

१०८ मनोनीत भएपछि प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुगेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार २१:०७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।