काठमाडौं । सत्ता र कुर्सी नै राजनीति मियो बनाउनेहरुलाई पार्टीका गतिविधि चम्केको मन पर्दैन । जसको जनाधार हुँदैन चुनावमा विश्वास जित्न असफल हुन्छ । त्यही कारण जनाधार गुमाएका नेताहरुले कांग्रेस सभापतिलाई निर्वाचनपछि पार्टीको १५ औं महाधिवेशन समपन्न गर्न सुझाव दिँदै थिए । तीनको सुझाव मान्दा विशेष महाधिवेशनको फेस गर्नु सभापतिले पथ्र्यो ।
मौका पाउँदा लुट मच्चाएका विमलेन्द्र निधि र प्रकाशमान सिंह असफल भएका छन् । कृष्ण प्रसाद सिंटौलालाई कोइराला परिवारले बोक्यो र ठाउँ दियो । आज उनी संस्थापन पक्षको फूर्ति लगाउछन् । डा. शशांक कोइरालाले च्यापेका दिपक खड्काको चमत्कारले कांग्रेस ध्वस्त भएको छ । यिनै नालायकहरुले सभापतिलाई उक्साउँदा शेरबहादुर झोक्किएका थिए ।
कांग्रेसले विधान बाहेक कानुनी आधारमा टेकेर एक वर्ष समय पर सार्न सक्थ्यो । विगतमा त्यो पनि भएकै हो । आज युवाहरु जुर्मुराए । जो पदमा पुगेका छन् ती युवाहरु जेन्जी आन्दोलका निशाना भए । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलसम्मका घर जलाइए । विचार, सिद्धान्त र राजनीतिसँगै जानुपर्छ । तर कांग्रेस, एमालेमा त्यो छैन । बरु मिलेर लुट्ने कारबाही हुने ठाउँहरुमा आफ्ना विचौलियाहरु पु¥याएर कानुनी रुपमै अपराधी करणबाट मुक्त हुने खेलको चुनाव अगाडि नै पार्टीको १५ औं महाधिवेशन गर्ने गरी लहर चलाए ।
उनको लहरले संस्थापन ठाउँमा आयो । त्यो हुन नदिन गोपालमान, प्रकाशमान र डा. शशांक कोइरालाको सहभागितालाई प्रयोग गर्दै कृष्ण प्रसाद सिटौला र विमलेन्द्र धिनि चम्कँदा सभापति देउवा झोक्किएका थिए ।
देउवा जति बद्नाम छन् त्यसको पछाडि डा. आरजु राणा देउवा पनि छिन् । संस्थापनकै पछाडि डा. प्रकाश शरण महत, बालकृष्ण खााड मात्र होइनन् पछिल्लो पटक रमेश लेखक, दिपक खड्कासमेत नाङ्गिएका छन् । तीनलाई कांग्रेसमा ठाउँ देखिँदैन । पार्टीले खाँड जेलमा पर्दासमेत केन्द्रीय सदस्य निलम्बन गरेन । भ्रष्टाचार जन्मसिद्ध अधिकार जस्तै सम्झनेको त्याग त्यहीँ हो ।
सभापतिले स्वास्थ्यको कारण देखाएर कार्यबहाक दिएपछि त्यो कार्यबहाकले पार्टीको विवाद मिलाउन सक्नुपथ्र्यो । तर, पूर्णबहादुर खड्कालाई रमेश लेखकले सघाए । उनीहरुले युवा महामन्त्रीको योजनामा ल्याइएको विशेष महाधिवेशनको वैधानिक अवस्था सभापतिलाई बुझाएको भए द्वन्द्व चकर्ने थिएन । चुनाव अगाडि विशेष महाधिवेशन नै हुन्न भन्ने र जसरी पनि गर्नुपर्छ नयाँ फ्रेस नेतृत्व लिएर जनताका बीचमा जानुपर्छ भन्ने विषयले द्वन्द्व निम्त्याउनु कांग्रेसका लागि टिक्ने कुरा होइन ।




















प्रतिक्रिया