काठमाडौ । कृपामा पाएको उपसभापति र महामन्त्री पदको गरिमा भन्दा गुट बनाउने र आफ्नै स्वार्थ पुरा गर्न खटेका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई दिएको बहुमतको फूईँ सेलाएको छ । सभापति शेरबहादुरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको विशेष महाधिवेशनको मागका बारेमा कानूनी तहमा बुझेपछि आफ्नो निर्णय गरे ।
पुसभित्र नियमित महाधिवशेन गर्नु नै आफ्नो इज्जत रहन्छ । संस्थापनको पक्षमा केन्द्रीय समितिमा बहुमत भएपनि नियमित महाधिवेशनका बारेमा एकमत थिएन । कार्यबहाक सभापतिले काम देखाउन सकेनन् ।
संस्थापन पक्ष र महामन्त्री द्वयबीचको लडाईँ चकँदा डा. शेखर कोइराला नै देउवालाई ५४ प्रतिशतको महत्व बुझेको पनि । पार्टीको संगठन कहाँ कस्तो छ चासो नदिनेहरु कांग्रेसमा धेरै छन् । फेरि कार्यकर्ता पनि त्यस्तै छन् । नेताहरु आफै पनि लोकतन्त्रको र गणतन्त्रको लागि ऐजेरु भएका छन् महाधिवेशनको विषयमा द्वन्द्व चर्काएर बीचमा च्याखे थाप्ने र जुवामार्ने दाउमा पनि छन् ।
तेस्रो धार सबै जो छन् तीनले आज पार्टीका संस्थापकहरुलाई रिंगाएका थिए । त्यो. धेरै टिक्न सकेन । कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधिलाई वीपी पुत्र डा. शशांक र प्रकाशमान जस्ताले ठाउँ बचाउने दाउमा छन् । महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माहरुसमेत आज सफल भएनन् । कार्यबहाक सभापति पूर्णबहादुर खड्काले समेत आफ्नो ल्यागत देखाएका छन् ।
संसदको ठूलो दलमा देखिएको अन्यौल आज उस्तै छ । दलहरु आफैँ पनि परिवर्तनकारी बन्न नसक्दा पुराना दलका नेताहरु आलोचित छन् । पुरानाले सुधार नगर्दा नै नयाँ रुप नयाँ चरित्रका टोली आएका छन् । नागरिक उन्मुक्तिदेखि नेत्रविक्रम चन्दसम्मको पार्टी विभाजनले जसपा राई पनि जोगिएनन् । माओवादीले माओवाद नै त्याग्यो तर, विचार त्यागेको छैन ।




















प्रतिक्रिया