काठमाडौं । ठूलो तामझामका साथ राष्ट्रिय सभागृहबाट पार्टी एकता अभियानको घोषणा गरी प्रदेश तहको एकता घोषणा सभा चुनाव केन्द्रित बनाउँदै अगाडि बढेको नेपाली कम्युनिस्ट पार्टीको संयुक्त संरचना खोज्न थालिएको छ । माओवादी र एकीकृत समाजवादीको जिल्ला र प्रदेश संरचना जोड्न कठिन छैन । तर जिल्लामा अस्तित्व नभएका गोपाल किरातीदेखि नवराज खड्कासम्मको अस्तित्व आफ्नै गृहजिल्लामा देखिँदैन ।
सानो टीमबाट ठूलो पार्टी सञ्चालन गर्दा पदका आकांक्षी धेरै छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधव कुमार नेपाल बाहेक वरिष्ठ नेताहरु वामदेव गौतम, झलनाथ खनाल, डा. भीम रावल, नारायणकाजी श्रेष्ठहरुको ठाउँ पार्टी नेतृत्वमा रहने देखिँदैन । उनीहरुले दोस्रो पुस्ता केन्द्रित नेतृत्व हुनुपर्छ भनेका छन् । यो पुस्ताव खोज्दा राजेन्द्र पाण्डे, विरोध खतिवडा, जगन्नाथ खतिवडा, एकीकृतबाट आउँदा माओवादीमा गिरीराजमणि पोखरेल, देव गुरुङ, देवेन्द्र पौडेल, लेखनाथ न्यौपानेहरुको अवस्था के हुने ? निर्वाचनको प्रक्रियामै अहिले पार्टी लागेको छ ।
प्रचण्ड र माधवलाई एकपटक पार्टीसत्तामा पुग्ने र राज्यसत्ता चलाएर भ्रष्टाचार र कुशासनमा डुबेको संरचना फेर्न मन छ । त्यो बेला एक करोड सदस्य पु¥याउने घोषणा गरेका वामदेव गौतमको अवस्था के हुन्छ । कम्युनिस्ट पार्टीमा सामुहिक नेतृत्वको महत्व हुन्छ । अहिले पहिलो चरणका नेताहरु माओवादीका भन्दा नेकपा एसका बढी छन् । सचिवालयका आधारमा पार्टी चलेको छ । जनवर्गीय संगठनहरुबाट एकता प्रक्रिया शुरु भएको छ । वकिल, पत्रकार, डाक्टर र इन्जिनियरसम्म संगठन एकिकृत हुन सहज छैन । तर, विद्यार्थी, मजदूरहरुमा समस्या आउने छ । माधवको पार्टी केन्द्रमा केही नेताको उपस्थिति दरिलो भए तापनि जिल्ला र प्रदेशहरुमा कमजोर छ । कमजोर पार्टीमा हैसियत वराबर खोजिन्छ भने त्यहाँ विवाद निश्चित हुन्छ ।
प्रादेशिक तहमा माधवको समूह गण्डकी, कोशी, लुम्बिनी, कर्णालीमा निकै कमजोर छ । प्रदेश सभामै गण्डकी सून्य कर्णाली र लुम्बिनीमा एक/एक छन् भने कोशीमा ६ जना सांसद छन् । यस्तो अवस्थाको पार्टीका माधवबाट घनश्याम छुट्टिएर अस्तित्वमा नभएको नेकपा संयुक्तका चन्द्रवेद जोशीसम्म पुगे । प्रचण्डबाट उछिट्टिएका जनार्दन शर्मा कम्युनिस्ट शब्दबाट विच्किएका डा. बाबुरामसँग जोडिएर लोकतान्त्रिक समाजवादी पार्टी बनाएका छन् । जनार्दनलाई गृहजिल्ला रुकुमले स्वीकारेको छैन । सुदन किरातीलार्इं भोजपुरमा पत्याइएको छैन । पूर्वतिर पहिचानवादीहरुको बाहुल्यता छ ।
पार्टी एकता र विभाजनको रोगमुक्त नेकपा एमालेमा एक्लाएक्लै फर्किएका रामकुमारी झाक्री र किसान श्रेष्ठको झन् कन्तबिजोग हुने भएको छ । उनीहरु केपी ओलीको विस्वासमा पर्दा ईश्वर पोख्रेलको टीमको असहयोग हुने निश्चित छ । त्यसले गर्दा नवगठित नेपाली कम्युनिस्ट पार्टी बुढा नेताहरुको विश्रामस्थल जस्तो बनेको छ । विभिन्न पार्टीबाट आएका एकलेअर्काको अस्तियत्व स्वीकार गर्न नसक्ने नेताहरुको कारण नेपाली कम्युनिस्ट पार्टी संगठन विस्तारमै समस्या देखिएन थालेको छ ।




















प्रतिक्रिया