काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली खेलको सबैभन्दा ठूलो घरेलु इभेन्टका रुपमा आफूलाई स्थापित गरिसकेको छ।
एनपिएलमा भएको लगानी, कीर्तिपुरस्थित टियु क्रिकेट मैदानबाट रंगशालामा परिणत हुँदै पहिलो पटक फ्लाइट र कुर्सी, व्यवस्थापन र अन्तर्राष्ट्रिय चर्चा यसका सफल पाटा हुन् । त्यसमा केही विवाद र आलोचनाका गर्ने विषय पनि छन् नै । तर, एनपिएलको भव्य सफलताले कतिपय कमजोरीलाई छोपेको छ।
त्यहि एनपिएल आज फाइनलमा आई पुगेको छ। एनपिएलको दोस्रो संस्करणले आज नयाँ च्याम्पियन पाउँदैछ। फाइनलमा सानदार प्रदर्शन गरिरहेको सुदूरपश्चिम रोयल्स र लिगको डार्क हर्सको रुपमा रहेको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल खेल्दैछ। लुम्बिनी पहिलो पटक फाइनलमा पुगेको हो। यी दुई फाइनलिष्टको यात्रा यो पटक अत्यन्त फरक रह्यो।
सुदूरपश्चिमले रवाफिलो प्रदर्शनमा ६ खेल जितेर क्वालिफायर वानमा स्थान बनायो। उसले अहिलेसम्म मात्र एक खेल हारेको छ। लिग चरणको अन्तिम खेलमा
सुदूरपश्चिम विराटनगर किङ्ससँग ६ विकेटले पराजित भएको थियो।
क्वालिफायर वानमा पनि सुदूरपश्चिमले विराटनगरलाई नै प्रतिद्वन्द्वी पायो। लिगको हार बिर्सेर सानदार कमब्याक गर्न सुदूरपश्चिम सफल रहयो। विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिमले दोस्रो पटक उपाधिमा दाबेदारी प्रस्तुत गरेको थियो।
त्यसको ठीक विपरित लुम्बिनीले प्ले अफमा पुग्न निकै संघर्ष गर्नुपर्यो। चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनीले पहिलो खेलमा चितवनलाई हरायो।
यसपछि लगातार ३ खेल हार्यो। लगातार ३ हारमा सुदूरपश्चिमसँगको ७ विकेटको हार पनि सामेल छ। त्यसपछि पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जितको यात्रा सुरु गर्यो । त्यसपछि भने टोलीले पछाडि फर्कनु परेको छैन।
लिगमा पोखरापछि विराटनगर र जनकपुर बोल्ट्सलाई माथ दिँदै चौथो स्थानमा रहेर प्ले अफमा पुग्यो।
त्यसपछि एलिमिनेटरमा काठमाडौंलाई १ सय ११ रनमा समेट्दै ४ विकेटको जित दर्ज गरेर क्वालिफायर टुमा पुग्यो। जहाँ बलियो मानिएको विराटनगरलाई ९४ रनमा समेट्दै लुम्बिनी ४० रनको प्रभावशाली जितका साथ फाइनलमा पुग्यो।
यसरी लगातार ५ खेल जितेको लुम्बिनी र उच्च प्रदर्शन गरिरहेको सुदूरपश्चिमबीचको फाइनल दिउँसो ३:३० बजे सुरु हुनेछ।




















प्रतिक्रिया