काठमाडौ । दाेस्राे सस्करणको एनपिएल उपाधी लुम्बिनी लायन्सले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै लुम्बिनिले उपाधी चुमेको हो ।
अघिल्लो सस्करणमा पनि उप विजेतामा सिमित सुदुरपश्चिम यसपटक लुम्बिनी सङ्ग निरीह हुने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेल नायक बने । उनले आजको खेलमा ह्याट्रीक विकेट लिन सफल भए ।
आजको खेलमा सुदुरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ८ दशमलव ५ओभरमा पूरा गर्दै उपाधी कब्जा गरेको हो ।
यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो।
सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर मल्ल र रुबेन ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए।
टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे। सुदूरपश्चिम २० ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनायो।
सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णयलाई लुम्बिनीका बलरले गलत तुल्याइदिए। जब पहिलो पावर प्लेमा सुदूरपश्चिम ३ विकेट गुमाएर मात्र २० रनमा रोकियो। जारी एनपिएलमा पहिलो पटक दुई नेपाली ब्याटर विनोद भण्डारी र इशान पाण्डे सुदूरपश्चिमको ओपनिङमा आए।
पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद गोल्डेन डक आउट भए। ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीद्वारा क्याच आउट भए। तेस्रो ओभरमा वान डाउनमा आएका सेल्डन ज्याक्सन १ रनमा ट्रम्पलम्यानकै बलमा एलबिडब्लु धरापमा परे। दोस्रो विकेट गुमाउँदा मात्र ७ रन बनाएको थियो।
लगत्तै आरिफ शेख ६ रन जोडेर शेर मल्लको बलमा एलबिडब्लु आउट भए। १९ रन जोड्दा ३ विकेट गुमाएसँगै सुदूरपश्चिम दबाबमा आयो। १० ओभर सकिंदा ४१ रनमा समेटियो।
११ औं ओभरमा सुदूरपश्चिमलाई फेरि झट्का लाग्यो। कप्तान रोहित ह्याट्रिक विकेट लिन सफल रहे। ११ औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान तथा भरपर्दा खेलाडी दीपेन्द्र १३ रनमा ट्रम्पलम्यानद्वारा क्याच आउट भए।
सोही ओभरको पाँचौं बलमा दीपक बोहरालाई गोल्डेन डक आउट गरे। उनी सन्दीप जोराद्वारा समातिए। यसपछि यो ओभरको छैटौं तथा अन्तिम बलमा पुनित मेहरालाई पनि गोल्डेन डक आउट गरे। उनी एलबिडब्लु आउट भए।
रोहित एनपिएलमा नै ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने। यसअघि काठमाडौं गोर्खाजका साहब अलामले पोखरा एभेन्जर्स विरूद्ध ह्याट्रिक विकेटको सफलता प्राप्त गरेका थिए। ११ ओभर सकिंदा ४४ रन बनाउँदा सुदूरपश्चिम संकटमा पर्यो।
ओपनर इशान बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। हर्मित सिंहलाई शेरले डार्सी सटद्वारा क्याच आउट गराए। उनले मात्र १० रन बनाएका थिए। निरिह बनेको सुदूरपश्चिम आठौं विकेटको रूपमा ओपनर इशानलाई शेरले आउट गरे।
१६ औं ओभरको तेस्रो बलमा ५१ बलमा १ चौका सहित ३३ रन बनाएका इशान मोभिन शुभासिंगाद्वारा क्याच आउट भए। उनी नै सुदूरपश्चिमका लागि सर्वाधिक रन जोड्ने खेलाडी बने। ८ विकेटको नोक्सानीमा सुदरले ७१ रन बनायो।
नवौं विकेटको रूपमा स्कट कुगेलेन १० रन बनाएर तिलक भण्डारीद्वारा आउट भए। स्कट १० रनमा आउट भएसँगै सुदूरपश्चिम ८५ रनमा अल आउट भयो।
बलिङमा ट्रम्पलम्यानले २ ओभर १ बलमा ३ रन दिएर ३ विकेट लिंदै सानदार प्रदर्शन गरे। रोहितले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिए। उनले यो सिजन कुल १० विकेट आफ्नो नाममा लेखाए।
त्यस्तै यस्तै शेरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। यो सँगै उनले विकेट सङ्ख्या १७ पुर्याएका छन्।




















प्रतिक्रिया