Logo

अर्थ

ईभी पिकअप रिद्दाराको विशेष अफर, एक्सचेन्जमा ३ लाखसम्म लाभ



काठमाडौं । ईभी पिकअप ब्रान्ड रिद्दाराले विशेष अफर सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा तथा एक्स्चेन्जमा ३ लाखसम्म टप-अप लाभ ग्राहकले प्राप्त गर्न सक्नेछन्।

यसै अवसरमा रिद्दाराले ‘टेस्ट ड्राइभ फिल थ्रिल अलडे क्याम्पियन’ पनि सञ्चालन गरिरहेको छ । यस क्याम्पियनमा ग्राहकले पूरै दिनको टेस्ट ड्राइभ मार्फत अनुभव प्राप्त गर्न सक्नेछन् ।

नेपालको विविध भाैगोलिक बनावटलाई ध्यानमा राखेर डिजाइन गरिएको यस पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसको २ डब्लूडी भेरियन्ट सहर र हाइवेका लागि स्मुथ तथा किफायती छ भने ४ डब्लूडी भेरियन्टले कठिन भूभाग तथा अफ-रोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

यस अफर अन्तर्गत नगद छुट १ वर्ष निशुल्क, सडक ट्याक्स १ वर्ष निशुल्क, बीमा, सजिलो फाइनान्सियल सुविधा तथा निश्चित एक्स्चेन्ज भ्यालुएसन समावेश रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १०:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।