Logo

अर्थ

सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला कति पुग्यो?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड तोडेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

आज सुनको मूल्य २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ११:२२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।