Logo

समाचार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरेकी छन् ।

आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेकी प्रधानमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

नेपालको संविधानको धारा २६६ को उपधारा (३) को संवैधानिक व्यवस्था बमोजिम उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १७:०२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।