काठमाडौँ . एमाले नेता ईश्वर पोखरेलले पार्टीमा लोकतान्त्रीकरण र नेतृत्व हस्तान्तरणबारे अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पुस्तकको प्रसंगसहित प्रश्न सोधेका छन् ।
११औं महाधिवेशनको बन्दसत्रका क्रममा अध्यक्षका प्रत्याशीसमेत रहेका पोखरेलले ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ पुस्तकको प्रसंगसहित ओलीसहित हललाई प्रश्न गरेका हुन् ।
‘उहाँले जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ भनेर एउटा किताब लेख्नु भेएको छ, त्यसमा किन उमेरहद ? किन २ कार्यकाल उल्लेख छ, त्यसमा भूराजनीतिक भारलगायतका विषयमा गहन कुरा छन् ।
कमरेडहरूलाई एक पटक पढ्नूस् भन्न चाहन्छु,’ पोखरेलले भने । ओली आफैं कुनै बेला एमालेमा नेतृत्व हस्तान्तरणबारे खरो प्रश्न उठाउँथे । ‘आफूबाहेक अरूले पार्टीको नेतृत्व गर्न सक्दैनन् भन्ने मनोवृत्तिले नयाँ नेतृत्वको निर्माण कसरी सम्भव हुन्छ? राष्ट्रले नयाँ नेतृत्व कसरी पाउँछ ?,’ ओलीले उक्त पुस्तकमा लेखेका छन् ।
साथै समग्र कम्युनिस्ट आन्दोलनमै एउटै नेतृत्वमा रहिरहने प्रवृत्ति पनि देखिएको उनको भनाइ थियो । उनले नेतृत्व हस्तान्तरणको समस्या पनि पार्टीमा रहेको बताएका थिए । ‘कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याका रूपमा देखापरेको छ ।




















प्रतिक्रिया