Logo

प्रमुख समाचार

गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता



गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेका छन् ।

गृहमन्त्री अर्यालले आइतबार कास्कीको रुपा गाउँपालिका–५ पुगी गत भदौ २४ गते जेनजी प्रदर्शनमा कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेट गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनले गुरुङको परिवारका सदस्यलाई राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपयुक्त प्रबन्धसमेत गर्ने आश्वासन दिए ।

राज्यले गुरुङको परिवारलाई सबै तरिकाको भरिपूरण गर्ने प्रतिबद्धता व्यक्त मन्त्री अर्यालले उनीप्रति गहिरो शोक प्रकट गरे ।

साथै उनले परिवारजनप्रति संवेदना प्रकट गरे । भेटका क्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार १९:४६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।