Logo

अटो

दिपल S05 र नामी भिगो सार्वजनिक



नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा विद्युतीय मोबिलिटी विस्तारलाई थप गति दिँदै नेपालगञ्जमा दिपल S05 र नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ।

उक्त लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा FNCCI नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथिका रूपमा FNCCI कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई सहभागी थिए ।

एमएडब्लू ग्रुपको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकरिया, प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका सीईओ ज्ञानेन्द्र चन्द उपस्थित थिए ।

पानस अटोमोटिभका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको प्रतिबद्धता दोहोर्याए ।

यस वर्षकै चर्चित विद्युतीय SUV मध्ये एक डीपल S05 मा CATL गोल्डेन शिल्ड ब्याट्री सिस्टम 2.0, जिरो–ग्राभिटी सिट, AR-HUD, १४.४ इन्च टचस्क्रिन, रिमोट पार्किङ तथा पूर्ण कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू छन्।

यस्तै, डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित नामी भिगोमा ९९ kW मोटर, ३५० किमीसम्म WLTP रेञ्ज, फास्ट चार्जिङ, लेभल–२ ADAS र आकर्षक ‘म्याजिक क्युब’ डिजाइन रहेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार २०:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।