Logo

प्रमुख समाचार

हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न



हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारण सभा मंसिर २८, २०८२ मा सम्पन्न भएको छ।

कम्पनीको उक्त सभा काठमाडौँ महानगरपालिका वडा नं. २८, कमलादीस्थित हिमालयन क्यापिटलको केन्द्रीय कार्यालय (आइ.टी. प्लाजा) मा सम्पन्न भएको हो।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ।

साथै, २०८२ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनील प्रसाद गोर्खालीले कम्पनीको वित्तीय अवस्था सुदृढ रहनुका साथै व्यवसायिक गतिविधिहरू सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गरे।

उनले संस्थाका भावी योजना र रणनीतिहरूबारे जानकारी गराउँदै शेयरधनी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरे।

यसैगरी, प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले प्रविधिको उच्चतम प्रयोगमार्फत सेवाको गुणस्तर थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले डिजिटल प्रणाली, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा जोड दिँदै आगामी दिनमा हिमालयन क्यापिटललाई अझ प्रतिस्पर्धी र विश्वसनीय बनाउने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार २१:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।