गोरखा ब्रुअरी समूहले दिगो वातावरणीय व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु गरेको छ।
खालिसीसीसँगको सहकार्यमा अघि बढाइएको यो अभियान देशभरका व्यवसायिक स्थानहरूलाई समेट्दै प्रयोग भइसकेका शिशाका बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज र व्यवस्थित बनाउने लक्ष्यमा केन्द्रित छ।
कम्पनीका अनुसार उक्त अभियानले जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ संस्कृतिलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्नेछ।
अभियानअन्तर्गत खालिसीसीले बार, रेस्टुरेन्ट तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूसँग प्रत्यक्ष समन्वय गरी प्रयोग भइसकेका बोतलहरू संकलन गर्ने, वर्गीकरण गर्ने र पुनःप्रयोगका लागि सम्बन्धित प्रक्रियामा पठाउने व्यवस्था मिलाउनेछ।
यसले व्यवसायिक क्षेत्रमै अवशिष्ट व्यवस्थापनको एकीकृत र प्रभावकारी प्रणाली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गोरखा ब्रुअरीले यस मोडेलमार्फत व्यवसायिक प्रतिष्ठानहरूको वातावरणीय जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन प्रक्रिया सरल हुने तथा पुनःप्रयोग गर्न सकिने शिशाका बोतल ल्यान्डफिलमा पुग्ने मात्रा उल्लेखनीय रूपमा घट्ने विश्वास लिएको छ।
यस अभियानले सर्कुलर इकनोमीको अवधारणालाई मजबुत बनाउँदै स्रोतको अधिकतम उपयोगमा जोड दिने कम्पनीको भनाइ छ।
गोरखा ब्रुअरीका प्रतिनिधिहरूका अनुसार खालिसीसीसँगको सहकार्यले “कुनै पनि बोतल बेवास्ता नगर्ने” प्रतिबद्धतालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याएको छ।
व्यवस्थित पुनःप्रयोग समाधानमार्फत कम्पनीले आफ्ना वातावरणीय, सामाजिक तथा सुशासन (ESG) लक्ष्यहरूलाई थप सुदृढ बनाउँदै सफा र हरियो नेपाल निर्माणमा योगदान पुर्याइरहेको जनाएको छ।




















प्रतिक्रिया