Logo

प्रमुख समाचार

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा उजुरी र निर्णय फाइल मगाउन अदालतको आदेश



काठमाडौं । विशेष अदालतले पतञ्जलि जग्गा सट्टापट्टा अनियमिततामा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरी र उनी लगायत अरू आरोपितहरूलाई मुद्दा चलाउने निर्णय गर्दाको फाइल मगाउन आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले २५ मङ्सिर २०६९ मा भएको निर्णय र उजुरी समेत मगाउन आदेश दिएको हो ।

विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालय मार्फत सरकारी साक्षीहरूलाई झिकाउन आदेश दिएको छ । त्यस्तै आरोपितहरूलाई पनि आफ्ना साक्षी पेश गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार २०:४५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।