काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ ।
सो महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए ।
दुई पदाधिकारीसहित केही सदस्यबाहेक सबैजसो पदमा ओली समूह विजयी भएको छ ।
ओली समूह विजयी भए तापनि पहिलाको जस्तो सर्वनाक हार नभई पराजितहरुले पनि सम्मानजनक मत ल्याएका थिए । त्यसले गर्दा एमालेमा पनि इतरपक्षको बलियो उपस्थिति हुने देखिन्छ ।
अध्यक्ष ओलीको यो तेस्रो कार्यकाल हो । तेस्रो कार्यकालको लागि पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले आगामी दिनमा एमालेलाई कसरी अगाडि बढाउँछन् त्यो प्रतिक्षाको विषय बनेको छ ।
उता, प्रतिनिधि सभाको निर्वाचन पनि नजिकिँदैछ । पार्टीको कार्यसमितिमा अध्यक्ष ओलीको बहुमत भएकाले प्रतिनिधि सभा निर्वाचनको टिकट वितरण कसरी गर्ने हुन् त्यो निश्चित छैन ।
पार्टी संगठनलाई एक ढिक्का बनाउनको लागि सबै असन्तुष्ट नेता, कार्यकर्तालाई व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ ।
यदि नेता, कार्यकर्ता व्यवस्थापन गर्न नसकेको खण्डमा पार्टीभित्र असन्त समुह सक्रिय हुने देखिन्छ ।
त्यसले पार्टीलाई नै असर पर्ने खतरा छ । अर्कोतर्फ नेपाली कम्युनिस्ट पार्टीले पनि एमालेलाई नै प्रहार गर्ने छ ।
पार्टीमा पुराना र ईमानदार कार्यकर्ताहरुलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता त्यत्तिकै छ ।
अध्यक्ष ओलीले पार्टी संगठनलाई बलियो बनाउने भन्दै आलाकाचाँ केटाकेटीलाई पदाधिकारीमा पु¥याएर एमाले बलियो हुँदैन ।
एमालेलाई व्यवस्थापन गर्नको लागि सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने देखिन्छ ।
अधिकांश पुराना, नेता, कार्यकर्ताहरुमा पार्टीलाई चलायमान बनाउन सक्ने अनुभव पनि छ ।
जति पुराना नेता, कार्यकर्तालाई संगठन बलियो बनाउने अनुभव छ त्यति नयाँलाई छैन ।
त्यसकारण पनि पार्टीमा पुराना नेता, कार्यकर्ताहरुलाई समेटेर लानुपर्ने हुन्छ ।
११ औं महाधिवशेनमा पराजित नेताहरुलाई पनि समेटेर अगाडि बढाउनुपर्ने देखिन्छ ।
महाधिवेशनमा जे÷जस्तो प्रतिस्पर्धा भए तापनि चुनावपछि अध्यक्षलगायत पदाधिकारीहरुले पराजित साथीहरुलाई समेटेर अगाडि लगेको खण्डमा पार्टी एक ढिक्का हुने छ ।
यदि महाधिवेशनमा पराजित नेताहरुलाई निषेध गर्दै जाने हो भने पार्टीभित्र गुट, उपगुट झाँगिने देखिन्छ ।
त्यसैगरी एमालेका २३ वटा जनवर्गी संगठनहरुलाई गोलबद्ध गरी चलायमान बनाउनुपर्ने हुन्छ ।
२३ वटै जनवर्गीय संगठनहरु आगामी निर्वाचनको लागि लाग्न पार्टी नेतृत्वले सुझाव दिनुपर्ने हुन्छ ।
पार्टी नेतृत्वको निर्देशन अनुसार जनवर्गीय संगठनहरु चलायमान हुनुपर्छ ।
त्यो नभएको खण्डमा आगामी निर्वाचनमा एमालेले चाहेअनुसारको सिटमा जित हासिल गर्न सक्दैन ।
तर, महाधिवेशनमा पराजित नेताहरुलाई समेटेर कामको जिम्मेवारी दिएको खण्डमा पार्टी तलदेखि माथिसम्म एकढिक्का भएर अगाडि बढ्ने देखिन्छ ।
त्यसले प्रतिनिधि सभा निर्वाचनमा एमालेलाई पहिलो पार्टीमा दर्ज गर्न सहयोग पुग्ने खबर तामाकोशी सन्देशमा उल्लेख छ ।
तर, कांग्रेस जस्तो संस्थापन र इतरपक्षबीच आन्तरिक लडाइँ भएको खण्डमा एमाले ठूलो पार्टी बन्न मुस्किल देखिन्छ ।




















प्रतिक्रिया