Logo

कर्पोरेट फोकस

आलोचना खेप्न नसकेपछि अर्बपती व्यापारीका छोरा ढकालले लिए रास्वपाको समानुपातिकबाट नाम फिर्ता



काठमाडौँ । अर्बपति व्यापारी चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन् ।

समानुपातिक व्यवस्थाको मर्म र उदेश्यविपरीत धनाड्यका छोरालाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको भन्दै चौतर्फी आलोचना भए पछि उनले आज सामाजिक संजालमार्फत् नैतिकताका आधारमा नाम फिर्ता लिएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा लामो वक्तव्य लेख्दै उनले नैतिकता विदेशमा अध्ययनपछि स्वदेश फर्किएर उद्यमशीलतामार्फत देशको समृद्धिमा योगदान गर्ने अठोट गर्दै सांसद बन्न लागेको दावी गर्दै रास्वपालाई धन्यवाद दिएका छन् । तर, उनको यो घोषणापछि पनि प्रशंसाभन्दा बढी आलोचना भैरहेको छ।

“ताक परे तिवारी नत्र गोतामे” भनेझै पैसा र पहुँचका आडमा विपन्न पिछडिएकाहरुको समानुपातिक कोटाबाट संसद बन्ने योजनाअनुसार नाम प्राथमिकतामा राखेको र आलोचनासँगै चौतर्फी बिरोध भएपछि नाम फिर्ता लिएर महान बन्न खोजेको भन्दै उनीमाथि गालीको बर्षा सुरु भएको छ।

समानुपातिक निर्वाचन प्रणाली पहुँचविहीन, आवाजविहीन र प्रतिनिधित्वबाट वञ्चित समुदायका लागि संविधानले गरेको व्यवस्था हो। तर, देशकै प्रभावशाली एवम् व्यावसायिक घरानाका सन्तान त्यस सूचीमा समेटिनु नै प्रणालीको मर्मविरुद्ध भएकोले रास्वपालाई उक्त निर्णय सच्याउन चौतर्फी दवाव भैरहेको छ।

यता ढकालले आफ्नो वक्तव्यमा समानुपातिकको सूचीमा परेको बिषय “पारिवारिक पृष्ठभूमिबाट प्राप्त अवसर” नभई “आफैले हासिल गरेको शिक्षा र ज्ञान”का आधारमा उद्यमशीलता विकास गरिरहेको दाबी गरेका छन् ।

रास्वपाद्वारा समानुपातिक कोटाको खिल्ली: अर्बपति ढकालका छोरा पनि संसदको सूचीमा

प्रकाशित मिति : १९ पुष २०८२, शनिबार ११:५६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।